Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन

  • 2.3K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन

    बुटवल,फागुन २० ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम गरिएको छ । सद्भाव र रङ्हरुको पर्व होलीको पूर्वशन्ध्यामा शनिबार संघको सचिवालयमा होली मिलन कार्यक्रम गरिएको हो ।

    त्यस अवसरमा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी कोभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणको काम प्रभावित भएको बताउनु भयो ।

    बुटवलमा सडकको दुरवस्था छ । बजेट निकासा नहुँदा सडक निर्माणमा समस्या भएको बताउँदै अझै तत्काल नबन्ने संकेत देखिएको उहाँको भनाई छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले होलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जोडिने गरेको बताउँदै त्यस विरुद्ध सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो ।

    कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अर्जुनमान सैजू, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, ससस्त्र पहरी वल मोतिपुरका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पूर्वपदाधिकारी चोपनारायण श्रेष्ठ लगायत,महासचिब बिमलराज भट्टराई लगायतले बर्तमान आर्थिक अवस्थाले व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरेका थिए ।bucci holi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology