Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा महासचिव पौडेलले बुटवलबाट भने-‘पार्टीको मर्यादाबाहिर गएर आरोप-प्रत्यारोप गरियाे’

नेकपा महासचिव पौडेलले बुटवलबाट भने-‘पार्टीको मर्यादाबाहिर गएर आरोप-प्रत्यारोप गरियाे’

  • 2.7K
    SHARES

  • नेकपा महासचिव पौडेलले बुटवलबाट भने-‘पार्टीको मर्यादाबाहिर गएर आरोप-प्रत्यारोप गरियाे’

    बुटवल,मंसिर ९- 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रकाे मर्यादाबाहिर गएर नेताहरूले आरोप-प्रत्यारोप गरिरहेकाे बताएका छन् ।

    पार्टीको आन्तरिक जीवन समस्याग्रस्त र अन्तरविरोध विगतकोभन्दा जोखिमपूर्ण रहेको बताए। यसपटक देखिएको यो तहको समस्या यसभन्दा अघि कहिल्यै देखिएको उनले सुनाए।

    प्रेस संगठन रुपन्देहीले  बुटवलमा आयोेजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नेताहरु मर्यादा बाहिर जादा पार्टीको आन्तरिक जीवनमा समस्या उत्पन्न भएको बताए । 

    उनले नेकपा अन्तरविरोधको जड नै पत्ता लगाउन कठिन भएको बताए। भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि नेतृत्वबीचको दूरी बढ्नुको कुनै कारण नदेखिएको उनले बताए।

    ‘कल्पनाभन्दा बाहिरको जटिल समस्या पार्टीभित्र आएको छ। पार्टीलाई एकताबद्ध गरेर लान सकिन्छ कि सकिदैन भन्ने प्रश्न आएको छ’, उनले भने, ‘मैले यसपटक बुझ्न सकेको छैन। ’

    एकजना अध्यक्षले सरकार सञ्चालन, पुर्नगठन र अर्का अध्यक्षले महाधिवेशनको तयारी गर्ने स्थायी कमिटिले म्याण्डेट दिएको उनले बताए।

    तर, स्थायी कमिटीका निर्णय कार्यान्वयन हुने अवस्थामा फेरि अन्तरविरोध आएको उनले बताए। ‘अन्तर्विरोध हुनुपर्ने त्यस्तो कुनै दुर्घटना नै भएजस्तो लाग्दैन, तर अहिले मर्यादाबाहिर गएर आरोप प्रत्यारोप गर्ने काम भएको छ’, उनले भने, ‘मर्यादाबाहिरका काम रोक्नुपर्छ।’

    पार्टीको आन्तरिक जीवन समस्याग्रस्त र अन्तरविरोध विगतकोभन्दा जोखिमपूर्ण रहेको बताए। यसपटक देखिएको यो तहको समस्या यसभन्दा अघि कहिल्यै देखिएको उनले सुनाए। 

    ‘यसअघिका विवाद समाधान गरेका थियौं। अहिले कम्युनिस्ट पार्टीको भविष्य कठिन मोडमा छ’, उनले भने, ‘म यहाँहरु समक्ष लुकाउन चाहान्न।’  पार्टी एकता जोगाउनका लागि आफूले अन्तिम समयसम्म कसरत गरिरहने उनले बताए।

    पार्टीको एकता मुलुकको भविष्यसँग जोडिएको भन्दै उनले स्थायित्वका लागि पनि पार्टीको एकता जोगाउन आवश्यक रहेको बताए। 

    प्रधानमन्त्री र प्रतिपक्ष दलका नेता देउवाको भेट स्वभाविक :

    त्यसैगरी अर्को एक प्रसंगमा अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले प्रधानमन्त्री र प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको भेट स्वभाविक रहेको जिकिर गरे।

    ‘प्रधानमन्त्री र कांग्रेसका सभापतिको भेटमा सत्ता साझेदारीको विषय प्रवेश नै भएको छैन’, उनले भने,‘सुविधाजनक बहुमत भएको प्रधानमन्त्रीले सत्ता साझेदारका विषयमा कुरा गर्ने प्रसंग पनि आउदैन।’ 

    राजधानीसंग अर्थमन्त्री पद साटेको भन्दै बिष्णु पौडेललाइ बुटवलमा कालोझण्डा (फाेटाेफिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology