Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

  • 2.0K
    SHARES

  • तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

    बुटवल,फागुन ११ ।

    तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण गरेको छ।

    कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यसहित परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाकार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको जनाएको हो ।

    औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोडदिएको नगर प्रमुख रामकृष्ण खाणको भनाइ छ ।

    किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने  नगर प्रमुख रामखकृष्ण खाणले बताए ।किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग पनि  गर्ने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology