Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमा र सिद्धार्थनगरमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण (फाेटाेफिचर)

तिलाेत्तमा र सिद्धार्थनगरमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण (फाेटाेफिचर)

  • 1.3K
    SHARES

  • तिलाेत्तमा र सिद्धार्थनगरमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण (फाेटाेफिचर)

    बुटवल,फागुन ११ ।

    रुपन्देहीका दुइ पालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण अभियान चलाएका छन् । सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका हुन् । सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो । ती कुकुरहरुलाइ रेबिजविरुद्ध खोप समेत लगाइएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि यसअघि यहि अभियान मार्फत् ९० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो ।dog a.jpg

    उहाँले केही पालिकाहरुले यसलाइ साझा समस्या बनाएर समाधानमा अघि बढ्नुपर्ने बताउनुभयो । सिद्धार्थनगरपालिका कार्यालयले शिविर सञ्चालन गरी नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार्देखि तीन दिने शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको जनाएको हो ।dog a.jpg

    सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो । उहाँले शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताउनुभयो ।

    शिविरले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनस्करण हुनेमा विश्वास लिइएको खानको भनाइ छ ।
    उहाँले भन्नुभयो– ‘हामी छाडा चौपाया नियन्त्रण अभियान पनि यसअघि नै चलाएका हौँ , खुल्ला सीमाना भएकोले भारत र अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरु तथा गाइबस्तु आउने गरेको कारण समस्या भैरहेको छ । ’

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा १५० देखि २ सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाका अनुसार जस अन्र्तगत एकदिनमा ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । यसका साथै शिविरमा सामुदायिक कुकुरहरुलाई रेबिजविरुद्ध खोप समेत लगाउने गरिएको छ ।

    नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा÷टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरेको छ ।‘अहिले तीनदिने शिविरमा सके जतिको बढी कुकुरहरुको बन्ध्याकरण गर्छौँ’ सिद्धार्थनगर नगरपालिकाका कृषि विकास तथा पशु सेवा शाखाका प्रमुख योगेन्द्र प्रसाद यादवले भन्नुभयो,– ‘फलदायी देखिएमा अर्को पटक बजेट र समयावधी बढाएर शिविर सञ्चालन गर्ने सोचमा छौँ ।’

    हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीनजना पशु चिकित्सक, २ जना प्राविधिकसहित १२ जनाको टोली खटिएको छ । यसबाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ । जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चापाईले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेबिजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताउनुहुन्छ ।dog a.jpg

    ‘संख्यामा वृद्धि नहुने गरी कुकुर सबै स्थानीय तहले संरक्षण गर्नुपर्छ’, उहाले भन्नुभयो , ‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा संख्या वृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’

    लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्सय विकास निर्देशनालयका निर्देशक डा.परवेज आलम खानले विज्ञान प्रविधिबाट समाधान नभएको विषय कुकुरहरुबाट हुने गरिएको बताउँदै कुकुरको संरक्षण गर्नुपर्ने बताउनुभयो  ।dog a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology