Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्ड भाेलिदेखि,नगरप्रमुख खाँणले उद्घाटन गर्ने

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्ड भाेलिदेखि,नगरप्रमुख खाँणले उद्घाटन गर्ने

  • 1.2K
    SHARES

  • तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्ड भाेलिदेखि,नगरप्रमुख खाँणले उद्घाटन गर्ने

    तिलोत्तमा, माघ २९ ।

    तिलोत्तमा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।नगरपालिकाको वडा नम्बर-४ स्थित जनज्योती खेल मैदानमा भोली देखि हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो।

    राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।

    चौथो  राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई  विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।

    यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिद्यालय, बिद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

    प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ ।प्रतियोगितामा भलिबल,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ति अंग्रेजी माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खनालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology