धनगढी, माघ २६।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सकेनन् । उनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। कानुन अनुसार प्राप्त समयसीमाको आज अन्तिम दिन रहेको थियो।
मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)