Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओली र गौतमबीच एक घण्टा गोप्य वार्ता

ओली र गौतमबीच एक घण्टा गोप्य वार्ता

  • 4.1K
    SHARES

  • ओली र गौतमबीच एक घण्टा गोप्य वार्ता

     काठमाडौं, भदौ १८ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी [नेकपा] का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार साँझ भएको भेटवार्ता भएलगत्तै उपाध्यक्ष वामदेव गौतम र ओलीबीच गोप्य भेटवार्ता भएको छ ।  

    अध्यक्ष ओलीले बालुवटार बोलाएपछि उपाध्यक्ष वामदेव गौतम सवा सात बजे बालुवाटार पुगेका थिए । ओली र गौतमबीच एक घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । 

    गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको स्रोतको बताएको छ । ओली र गौतमबीच एक घण्टा कुराकानी भएपनि कुनै सहमति नभएको गौतम निकट स्रोतले जनाएको छ ।  ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले फागुन १४ को निर्णय कार्यान्वयन गर्न ओलीलाई स्मरण गराएका थिए ।

    बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठकअघि नेताहरुबीच भेटवार्ता बाक्लिएको हो । प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् भने उपाध्यक्ष गौतम आफूलाई मनोनित गर्नुपर्नेमा उभिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, भाद्र १८ २०७७०७:०५:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology