Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा मन्दिर विकास समिति पाल्पामा नयाँ नेतृत्व

सिद्धबाबा मन्दिर विकास समिति पाल्पामा नयाँ नेतृत्व

  • 1.6K
    SHARES

  • सिद्धबाबा मन्दिर विकास समिति पाल्पामा नयाँ नेतृत्व

    बुटवल,माघ २३ ।

    सिद्धबाबा मन्दीर विकास समिति तिनाउ ३ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमबाट सन्तोष कुमार शेरचनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

    जसको उपाध्यक्षमा अमर प्रधान, सचिवमा अरबिन्द पाण्डे, सहसचिवमा दुर्गा थापा, कोषाध्यक्षमा कुमारी खड्का ,सदस्यहरुमा लक्ष्मी प्रसाद बस्याल,तोया लम्साल,जगबहादुर क्षेत्री ,दुर्गा थापा ,रिमीसरा दर्लामी,कृष्ण पाण्डे,पदम गाहा, गोपाल बस्याल रहेका छन् ।
    त्यस्तै पदेन सदस्यमा वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर थापा,मन्दिरका मूल पुरोहित नारायण घिमिरे रहेका छन् । पहिलो कार्यसमिति बैठकले थप दुईजना सदस्य थप गरिने नवनिर्वाचित अध्यक्ष शेरचनले जानकारी दिए ।

    यस अघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिनाउ गाउपालिकाका ३ पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा मन्दिर सबैको साझा सम्पत्ती भएको बताए ।श्रेष्ठले मन्दिरको सबैमिलेर संरक्षण गर्नुपर्ने बताए ।

    पछिल्लो समय मन्दिरको प्रचारप्रसार भएकाले भक्तजनको संख्यामा बृद्धि भएको बताए । पालिकाको तर्फबाट सधै मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
    तिनाउ पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मन्दिरको बिकासका लागी मन्दीरमा आउने ब्यक्तिहरुलाई यहाँ बास बसाल्ने गरि कार्ययोजना गराउन अनुरोध गरे ।

    तिनाउ गाउलापिकाका प्रवक्ता यादव प्रसाद अर्यालले २०५४ सालदेखि सिद्दबाबा मन्दिर संग नजिक रहेको बताउदै विभिन्न समस्या आउछन् त्यस्ता समस्याहरु समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए ।समितिका पुर्ब अध्यक्ष महेन्द्र पाण्डेले सिद्दबाबाको महिमा बढाउन गरेको प्रयास सार्थक भएको बताए।

    कार्यक्रममा सिद्दबाबाको महिमा र गरिमा समेटिएको धार्मिक पर्यटकीय गन्तब्य सिद्ध्पुरुष भतृहरि तथा आदिमानव रामपिथेकस विशेषाङक पुस्तक सिद्धबाबा २०७९ बिमोचन गरिएको थियो ।पुस्तकको कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बिमोचन गरेका थिए । पुस्तकमा बिभिन्न क्षेत्रका जानकार लेखकहरुले सिद्धबाबाको महिमा ऐतिहासीक महत्व आगामी योजना यो भन्दा अगाडी गरेका कार्यकहरुका बोरमा लेखहरु समेटिएको छ ।

    कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्यहरु समेटिएको अध्यक्षको प्रतिवेदन अध्यक्ष दलबहादुर गुरुङले र आय ब्यय समेटिएको कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष दुर्गा बहादुर थापाले प्रस्तुत गरेका थिए ।कार्यक्रममा बोल्दै प्राध्यापक हुमाकान्त पाण्डेले यसको महिमा बढाउन सबैको उत्तीकै भुमिका रहने बताए।

    कार्यक्रममा नेकपा एमालेका तिनाउ गाउपालिकाका प्रतिनिधि राम बहादुर थापा , माओबादी केन्द्रका तिनाउ गाउपालिका प्रतिनीधि राजेश श्रेष्ठ, नेपाली कांग्रेस तिनाउपालिकाका सभापति प्रेम पाण्डे लागायतले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा पुस ९ गते रेडियो मुक्ती बुटवलले आयोजना गरको फुटसल कार्यक्रममा दोस्रो हुन सफल तिनाउका महिला समुहलाई मायाको चिनो र सल ओडाएर संमान गरिएको थियो ।

    उद्घाटन सत्रको कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता , उपाध्यक्ष सन्तोषकुमार शरेचनको स्वागत र सचीव अमर प्रधानको संचालनमा सम्पन्न भएको थियो ।

    सिद्धबाबा पत्रकारिता पुरस्कारअस्मिना पाण्डेलाई :asmina.jpeg

    सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार अस्मिना पाण्डे सम्मानित हुनुभएको छ ।

    बार्षिक साधारणसभामा डियो मुक्ती बुटवलका समाचार प्रमुख पाण्डेलाई तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , उपाध्यक्ष लालबहादरु थापा र समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले नगद सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

    पाण्डेले मन्दिरको प्रचार प्रसारमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष गुरुङ्गले बताउनुभयो । पाण्डे रुपन्देहीमा रहेको रेडियो मुक्ती र लुम्बिनी सामुदायिक टेलिभिजनमा आवद्ध रहेर पत्रकारिता गर्दै आउनुभएको छ।

    पाण्डेले पछिल्लो समय सिद्धबाबाको प्रचार प्रसारमा टेवा पुर्याउने उदेश्यले प्रत्येक साताको शनिबार बिहान साढे ६ बजेदेखि सात बजेसम्म रेडियो मुक्ती बाट प्रसारण हुदै आएको कार्यक्रम सिद्धसन्देश उत्पादन गर्दे आइरहनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology