भैरहवा,माघ १४ ।
नायीका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एवं मोडलसमेत रहेकी गौतमलाई पार्टी प्रबेश गराएकी हुन् ।
एलिजालाई पार्टीबाट मन्त्री समेत बनाउने तयारी रहेको स्रोतको दावी छ । उनी पत्रकार ऋषि धमलाकी पत्नी समेत हुन् ।नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू सो दलमा प्रवेश गरेको गौतमको भनाइ छ ।
उनले भनिन्-“मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेकी छु । म सेवाको भावले नै राजनीतिमा हाम फालेकी हुँ ।”
सो अवसरमा सो दलका अध्यक्षसहित पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको उन्मुक्तिका नेता धर्मबहादुर चौधरीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)