Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री !

रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री !

  • 4.6K
    SHARES

  • रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री  !

    काठमाडाैँ,पुस ११ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् ।सत्ता गठबन्धनमा रविलाई गृहमन्त्री बनाउने सहमति जुटेको हो । बैठकपछि रविले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

    'रविले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ,' रास्वपाका एक नेताले जानकारी दिए ।यस्तै एमालेबाट विष्णु पौडेल अर्थ तथा उपप्रधान र माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र तथा उपप्रधानमन्त्री बन्ने पक्का भइसकेको छ । यसैगरी एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साह तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने भएका छन् ।

    खानको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्ने पक्का भए पनि अन्यको मन्त्रालय खुलेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology