बुटवल,पुस ३ ।
कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ। लुसिल स्टेडियममा जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ ।
खेलको ८० औं मिनेट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याएका थिए ।त्यसपछि खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याएका हुन् । ८ मिनेट समय थप भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)