Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा नगरपालिकामा ‘उज्यालो तिलोत्तमा’ सडक बत्ती परियोजना शुरु गरिँदै

तिलोत्तमा नगरपालिकामा ‘उज्यालो तिलोत्तमा’ सडक बत्ती परियोजना शुरु गरिँदै

  • 6.3K
    SHARES

  • तिलोत्तमा नगरपालिकामा ‘उज्यालो तिलोत्तमा’ सडक बत्ती परियोजना शुरु गरिँदै

    बुटवल,पुस ३ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकामा उज्यालो तिलोत्तमा सडक बत्ती परियोजनाको तयारी गरिएको छ ।

    नगर प्रमुख रामकृष्ण खांणले आज नेपाल बिद्युत प्राधिकरणमै पुगेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग भेटघाट गरि तिलोत्तमाका मुख्य सडकहरूमा सडक बत्ती जडान गर्ने प्रस्तावमा सहकार्यको सहमति गरिएको छ ।

    सिद्धार्थ राजमार्गबाहेका भित्री तर मुल सडकहरुमा उज्यालो झिलिमिली बनाइने छ ।  तिलोत्तमामा एडिबीले लगानी गरेका मंगलापुर कान्छिबजार सडक,ड्राईभरटोल शिवपुर,पत्थरडाडां तिनाउ नदी सडक र भलवारी तिनाउ सडकमा सडक बत्ती जडान हुनेछ ।

    यसमा बिद्युत शुल्क लागत ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत प्राधिकरणले ब्योहोर्ने सहमति भएको छ।  यसले तिलोत्तमाको बिकासमा थप टेवा पुग्ने नगर प्रमुख रामकृष्ण खांणले बताए ।

    उनले यसैगरि नगरमा आवश्यक ट्रान्सफर्मर जडान गर्न समेत पहल गरिएको बताए ।  नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहकार्यको  प्रस्तावमा सहमति जनाएको  जानकारी दिए ।

    उज्यालो तिलोत्तमा बनाउन आवश्यक अन्य काम समेत शुरु भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology