Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

बुटवलमा एक पुरूषको हत्या आरोपमा सात जना पक्राउ

बुटवलमा एक पुरूषको हत्या आरोपमा सात जना पक्राउ

  • 1.4K
    SHARES

  • बुटवलमा एक पुरूषको हत्या आरोपमा सात जना पक्राउ

    बुटवल,पुस ३ ।

    बुटवलमा एक जना पुरूषको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्।

    शुक्रबार साँझ प्रहरीले हत्या आरोपमा सात जनालाई पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको हत्या भएको हो ।  उनको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

    उनको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–८ राजमार्ग चौराहमा मागी खाइ हिँड्ने २९ वर्षीय कृष्ण सिजाली मगर लगायत सात जनालाई पक्राउ गरेको हो ।   आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।  

    वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । त्यहीँ उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology