Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा सभापति देउवाले दिए धन्यवाद

कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा सभापति देउवाले दिए धन्यवाद

  • 2.0K
    SHARES

  • कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा सभापति देउवाले दिए धन्यवाद

    काठमाडौं, मंसिर २३ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि आज बिहानै ट्वीट गर्दै देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।

    कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जिते पनि समानुपातितर्फ भने कांग्रेसभन्दा नेकपा एमालेले २ सिट धेरै जितेको छ। प्रतिनिधि सभा संसदमा अब कांग्रेसका ८९ जना सांसद हुनेछन्। ८९ सांसदसहित कांग्रेस प्रतिनिधि सभाको ठूलो दल बनेको हो। देउवाले संसदको सबैभन्दा ठूलो दल बनाएकोमा आभार तथा धन्यवाद दिएका हुन्।

    कांग्रेसले मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा ५ दलसँग चुनावी गठबन्धन गरेको थियो। प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको थियो। तीमध्ये ५७ जनाले चुनाव जिते भने कांग्रेसका ३४ उम्मेदवार पराजित भएका थिए।

    २०७४ सालमा वामगठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गरेको कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको थियो। प्रत्यक्षतर्फ २०७४ को तुलनामा धेरै सिट जितेको कांग्रेसले समानुपातिकतर्फ भने यसपालि मत घटाएको छ। कांग्रेसले यसपालि प्रतिनिधि सभाको समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत मात्रै ल्याएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology