Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विष्णु पौडेलको तर्क : राजनीतिक स्थायित्व नहुने परिणाम आयो (भिडिओ)

विष्णु पौडेलको तर्क : राजनीतिक स्थायित्व नहुने परिणाम आयो (भिडिओ)

  • 1.5K
    SHARES

  • विष्णु पौडेलको तर्क : राजनीतिक स्थायित्व नहुने परिणाम आयो (भिडिओ)

    बुटवल,मङसिर १२ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मङसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै दलको पनि बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

    प्रेस चौतारी नेपाल रुपन्देहीले सोमवार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने धारणा राख्नुभयो ।
    उहाले भन्नुभयो–‘ नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन ।यसपटक कुनै न कुनै दलको बहुमत आउनुपथ्र्योे ,एमालेको संभावना थियो त्यो भएन ,फेरि पनि देशमा राजनीतिक स्थायित्व नहुने भयो । ’

    रुपन्देही २ मा सबैको साझा जनप्रतिनिधि बन्छु :bishnu paudel.jpg

    पौडेलले रुपन्देही २ मा सबैका साझा जनप्रतिनिधि बन्ने बताउनुभयो । ‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन’ उहाको भनाइ छ ।

    एमालेले सकेसम्म नेतृत्व प्रदान गर्ने गरी पहलकदमी लिने र एमाले प्यासिभ भएर नबस्ने र  सशक्त भूमिका खेल्ने उहाको धारणा छ ।उहाँले भावी प्रधानमन्त्री अध्यक्ष केपि ओलीलाइ नै अघि बढाउने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology