गोरखा ,मंसिर ९ ।
गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन्।
बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन्।
उनले सात हजार तीन सय ९३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए। गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)