Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३४ हजार १६२ मतान्तरसहित चितवन २ बाट रवि लामिछाने विजयी

३४ हजार १६२ मतान्तरसहित चितवन २ बाट रवि लामिछाने विजयी

  • 2.4K
    SHARES

  • ३४ हजार १६२ मतान्तरसहित चितवन २ बाट रवि लामिछाने विजयी

    चितवन,मंसिर ८ ।

    प्रतिनिधिसभामा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-८ मा बिराजभक्त श्रेष्ठ ,काठमाडौं-७ मा गणेश पराजुली विजयी, काठमाडौं- २ मा सोविता गौतम,काठमाडौं-६ मा शिशिर खनाल र ललितपुर -३ मा  तोसिमा कार्की विजयी भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology