Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देही-१ : ३३ वटै वडामा गठबन्धनको घरदैलो,जित नजिक रहेको दावी

रुपन्देही-१ : ३३ वटै वडामा गठबन्धनको घरदैलो,जित नजिक रहेको दावी

  • 1.5K
    SHARES

  • रुपन्देही-१  : ३३ वटै वडामा गठबन्धनको घरदैलो,जित नजिक रहेको दावी

    बुटवल,मंसिर १ ।

    मंसिर ४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार गर्ने अवधि बिहीवार मध्यरातीदेखि सकिदैछ । राजनीतिक दलहरूले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आम सभाको माध्यम बाट अन्त्य गर्दैछन् ।

    रुपन्देही क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनले प्रचारप्रसार तथा घरदैलो अभियानलाई औपचारिक रुपमा समापन गरेको छ । कार्तिक १५ गते देखि यस क्षेत्रको ३३ वटा वडामा सम्पर्क कार्यालय स्थापनादेखि लिएर मतदाता भेटघाट कार्यक्रम आजदेखि सकिएको छ।

    रुपन्देही १ बाट सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल, १(१) का उम्मेदवार विश्वनाथ यादव र १(२) का उम्मेदवार अब्दुल रज्जाक प्रचारप्रसार र घरदैलो अवधीभर निरन्तर मतदाताको गुनासो सुन्नेदेखि लिएर विकास निर्माणका अवस्थाको विषयमा बुझ्न केन्द्रित रहे।

    मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार घनश्याम भुसालले ऎतिहासिक महत्त्व बोकेको क्षेत्र देवदलाई युनेस्कोमा सुचिकृत गर्न पहल गर्नेदेखि लिएर यस क्षेत्रलाई शैक्षिक हब बनाउनेसम्मको योजना अगाडि सारेको गठबन्धनले भौतिक पूर्वाधार तथा सडक विस्तारका २७ योजना अघि सारेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले संविधानको रक्षा, पुर्वाधार विकास र सुशासनको एजेन्डालाई प्राथमिकतामा राखेको मतदातालाई बताउँदै आएका छन् ।

    भुसालले यस क्षेत्रको विकासको केन्द्र देवदहलाई बनाउँने उल्लेख गर्दै देवदहले बुटवल र भरतपुर जस्ता शहरसंग प्रतिस्पर्धा गर्ने गरि काम गर्ने प्रतिबद्ध जनाएका छन् ।

    त्यस्तै रुपन्देही १(१) का उम्मेदवार विश्वनाथ यादवले प्रचारप्रसार अवधीभर आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुकुम्बासी समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहने बताउँदै क्षेत्रको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खट्ने बताउँदै आएका छन् ।

    त्यस्तै रुपन्देही १(२) का उम्मेदवार अब्दुल रज्जाकले मतदाता भेटघाट कार्यक्रममा आफ्नो पहिलो प्राथमिकता अधुरा भौतिक पूर्वाधारलाई पूरा गर्ने रहेको बताए। आफू विकासवादी नेता भएको उल्लेख गर्दै रज्जाकले यस क्षेत्रको सडक, स्वास्थ्य, शैक्षिक स्तर उकास्नका लागि आफू निर्वाचित भए पछि प्रतिबद्ध भएर लाग्ने समेत बताए।

    प्रचारप्रसार, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र आफुहरूको जित सुनिश्चित भएको निर्वाचन परिचालन मुल कमिटीका संयोजक हिरा बहादुर केसिले दावी गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology