Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानीका सवालमा जसले रुपन्देहीलाई धोका दिए !

राजधानीका सवालमा जसले रुपन्देहीलाई धोका दिए !

  • 1.9K
    SHARES

  • राजधानीका सवालमा जसले रुपन्देहीलाई धोका दिए !

    बुटवल,मंसिर १ ।
    पांच वर्ष अगाडि भएको चुनावमा यस प्रदेशको स्थायी राजधानी कहाँ कायम गर्ने भन्ने विषय यस क्षेत्रका उम्मेदवारहरूको मुख्य चुनावी एजेन्डा मध्येको एक थियो ।

    संविधानमा राजधानी कायम गर्न प्रदेशसभाका दुई तिहाइ सांसदहरूको सहमति चाहिने व्यवस्था गरिएको हुँदा बुटवलको पक्षमा पनि सहमति जुट्ने अवस्था थिएन र यो अवस्थामा यंहावाट अन्यत्र सार्न सक्ने अवस्थाको कल्पना पनि कमै सांसदहरूले गरेका थिए ।

    ८७ जना सांसदहरूको प्रतिनिधित्व रहने लुम्बिनी प्रदेशमा भेगिय हिसाबले त बुटवललाई नै केन्द्र बनाउने सांसदहरूको सङ्ख्या दुई तिहाइ भन्दा केही मात्र कम थियो अर्थात् यस भेगबाट प्रतिनिधित्व गरेका सांसदहरूले वास्तवमै बुटवलबाट राजधानी सार्न नदिने अडान लिएको भए अन्यत्र राजधानी सार्ने कुनै पनि प्रयास सफल हुने थिएन । जनसङ्ख्याको प्रतिनिधित्वको हिसाबले पनि बुटवलको पक्षमा सुविधाजनक मत थियो ।

    रुपन्देही र खासगरी आफ्नै क्षेत्र, यहाँका जनता र यहाँको विकास भन्दा ती वेलाका सांसहरुलाई अन्यत्र जिल्लाका जनताको बढी माया लागेर आयो, बुटवलको विकास भन्दा अन्यत्रको विकास गर्ने हुटहुटी जाग्यो अनि आफ्नै अगाडि उज्यालो हुन लागेको रुपन्देहीलाई अँध्यारोमै राख्ने प्रण गरे ।


    तर राजधानी यंहावाट अन्यत्र सर्योन । किन सर्योि भन्ने विषयमा बढी दिमाग खेलाउन जरुरी छैन । सबैले बुझ्ने विषय हो( रुपन्देही र खासगरी आफ्नै क्षेत्र, यहाँका जनता र यहाँको विकास भन्दा ती वेलाका सांसहरुलाई अन्यत्र जिल्लाका जनताको बढी माया लागेर आयो, बुटवलको विकास भन्दा अन्यत्रको विकास गर्ने हुटहुटी जाग्यो अनि आफ्नै अगाडि उज्यालो हुन लागेको रुपन्देहीलाई अँध्यारोमै राख्ने प्रण गरे । यो कुनै आरोप होइन , सबैले बुझेको र देखेको सत्य के हो भने -यंहाका जनताको मतबाट निर्वाचित माननीयहरूले यंहाका जनतालाई कहिल्यै बिर्सन नसक्ने गरी धोका दिए । मतदाताको विश्वास माथि कुठाराघात गरे । यो संविधान रहिरह्यो भने आउने पुस्ताले पनि राजधानी सार्ने पक्षमा सहिछाप गर्ने आफ्ना पूर्वजको कामलाई लिएर सम्झी सम्झी धिक्कार्ने वातावरण बनाए ।

    जसको मनमा जिल्लाको माया छैन

    गएको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीका सांसहरुको यो भेगबाट उत्साहजनक प्रतिनिधित्व थियो । गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी लगायतका जिल्लाका सांसदहरूले रुपन्देहीलाई माया गरे वा गरेनन् त्यो अलग विषय हो तर जो यही जिल्लाका सांसदहरू पनि रुपन्देही विरुद्ध गए त्यो भनेको गभिंर विषय हो ।

    राजधानी सार्ने काममा सक्रिय कतिपय सांसदहरू यो चुनावमा उठेको देखिएको छैन तर जो उठेका छन् उनीहरूलाई केका लागि र किन भोट दिने रु यो मतदाताले सोच्नै पर्ने सवाल हो ।  त्यो वेला बुटवलको आशा माथि विश्वासघात गर्नेहरू लीला गिरि, भुमिश्वर ढकाल, दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ र तुल्सी चौधरी यही रुपन्देही जिल्लाबाट चुनाव लडेका छन् । उनीहरूले आफ्नो क्षेत्रको विकास गर्ने भन्दै चर्का कुरा गरेको पनि पाइन्छ । यो भनेको पानीको मूल थुनेर गांउघरमा धारा वांड्छु भने जस्तै हो । यदि उनीहरूले काम गर्ने ल्यागत राख्थे भने उनीहरूले त्यो मौका ५ वर्ष अगाडि नै पाइसकेका थिए ।

    जंहा सम्म पार्टीको ह्विप र अनुशासनको कुरा छ -यदि बुटवलको हित विपरीत पार्टीले डन्डा चलाउँछ भने डन्डा खान तयार हुनु पर्थ्यो । आफ्ना मतदातामाथि दिएको यस्तो धोका भन्दा त्यो डन्डा नै अहिले प्रिय हुने थियो । जिन्दगीभरि पार्टी अनुशासन र विचारका प्रवचन दिँदै आएका यिनै नेताहरूका गुरु घनश्याम भुसालको वर्हिगमन किन भयो भनेर घोरिए मात्र पनि उचित जवाफ आउँछ होला ।

    sansad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology