Logo बुधवार, कार्तिक १२ गते २०८३
images

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य चौहान कांग्रेस प्रवेश 

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य चौहान कांग्रेस प्रवेश 

  • 3.1K
    SHARES

  • राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य चौहान कांग्रेस प्रवेश 

    काठमाडौँ,कात्तिक २७ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

    रुपन्देहीको मायादेवी गाँउपालिका वडा नम्बर ८ का बासिन्दा चौहानलाई गृहमन्त्री तथा रुपन्देही–३ मा पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाणले आइतबार साँझ पार्टी सदस्यता प्रदान गर्नुभयो । 
    चौहान खाणसँग प्रतिनिधि सभामा प्रतिष्पर्धा गरिरहनुभएका राप्रपाका उम्मेदवार दीपक बोहोराका विश्वासपात्र पनि हुनुहुुन्थ्यो । 
    चौहान राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएरसमेत काम गरिसक्नुु भएको छ । rpp.jpg
    उहाँसँग राप्रपाको रुपन्देही ३ मा राम्रो पकड भएका ओमकुमार कहारसहित एक सय बढी युवाहरु पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 
    पार्टी प्रवेश गरेपछि चौहानले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताउनुभयो ।
    गृहमन्त्री र कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले चौहानलाई पार्टीले उचित जिम्मेबारी दिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology