Logo बुधवार, कार्तिक १२ गते २०८३
images

गृहमन्त्री खाँणलाई रुपन्देही ३ मा बामदेवको राष्ट्रिय एकता अभियानको समर्थन

गृहमन्त्री खाँणलाई रुपन्देही ३ मा बामदेवको राष्ट्रिय एकता अभियानको समर्थन

  • 1.2K
    SHARES

  • गृहमन्त्री खाँणलाई  रुपन्देही ३ मा बामदेवको राष्ट्रिय  एकता अभियानको समर्थन

    भैरहवा, कार्तिक २६  ।

    बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ । उक्त पार्टीले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा सहयोग गर्ने जनाएको हो ।

    अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको काँग्रेस र यसका नेता गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

    उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खाँणको पक्षमा दिने बताए । कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology