बुटवल,कार्तिक १९ ।
नेकपा (एकीकृत समाजवादी) की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ । उहांले चुनाव जितेपछि गुल्मीका अबसर,चुनौतीको पहिचान गरेर साँच्चै इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बुटवलमा शनिबार लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदबारको परिचय तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उहांले आफूले बेइमानीपूर्ण मुद्दा बोकेर नहिँडेको स्पष्ट पार्नुभयो । उहांले आफ्ना प्रतिष्पर्धी गोकर्ण विष्टले जिल्लामा झुटको राजनीति गरेको भन्दै अब जनताका अघि झुटकुरा नबिक्ने दाबि गर्नुभयो ।
उहांले भन्नुभयो–‘हाम्रो जिल्ला निकै पछाडी परेको छ,गतिलोगरि फोन टिप्दैन,मोवाइल चार्ज हुदैन,शिक्षा,स्वास्थ्य,रोजगारी त कता हो कता, बिकासमा चमत्कार भयो भनेर प्रचार गर्नेहरुले अहिलेसम्म झुटको राजनीति गरे ,अब यसरी चल्दैन,प्रतिष्पर्धामा मैले जुन विचारधाराको, जुन राजनीतिक मुद्दा बोकेर आएकी छु,बेइमानीपूर्ण मुद्दा बोकेर आएको छैन ,हामी जित्छौँ र काम गर्छौँ ।’
संविधानको क्रियाशिलता,देशको बिकासका लागि अहिलको गठबन्धन बनेको भन्दै उहांले आफ्नो क्षेत्रमा भोली नै निर्वाचन भएपनि मतादाता भोट हाल्न आतुर रहेको बताउनुभयो । ‘इलेक्सनमा उम्मेदवार ड्राइभिङ सिटमा बस्ने हो इन्जिन भनेको कार्यकर्ता तथा मतदाता हो ,हामी निर्वाचनका लागि निकै उत्साहित छौं ।’ उहाँको भनाइ छ ।
सो अबसरमा बोल्दै गुल्मी २ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेस नेता भुवन प्रसाद श्रेष्ठले अहिलेको निर्बाचन प्रतिगमन र अग्रममनको लडाइ भएको बताउनुभयो ।
गुल्मी २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओबादी नेता बुद्धी जिसिले गठबन्धनले बिजयी हासिल गरेरै छाड्ने दाबि गर्नुभयो ।सो कार्यक्रममा रुपन्देहीमा रहेका गुल्मेलीहरुको बाक्लो सहभागिता रहेको थियो । गुल्मी २ मा प्रतिनिधिसभामा झांक्री एमाले सचिव गोकर्ण बिष्टसंग चुनावी प्रतिस्प्रर्धामा हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)