Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

बुटवल मजुवाबाट ७५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश,एमालेले जनताको समस्या नसुनेको गुनासो

बुटवल मजुवाबाट ७५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश,एमालेले जनताको समस्या नसुनेको गुनासो

  • 1.9K
    SHARES

  • बुटवल मजुवाबाट ७५ जना  कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश,एमालेले जनताको समस्या नसुनेको गुनासो

    बुटवल,कार्तिक १८ । 

    बुटवल उप–महानगरपालिका –११ मजुवाबाट नेकपा एमाले लगायत विभिन्न राजनितिक दलका ७५ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।

    एमाले नेता व्यक्तिवादी सोचले ग्रस्त भएको र आम जनताको समस्यालाई सम्वोधन गर्न नसक्ने भएकाले माओवादी केन्द्र रोजेको उनिहरुको भनाई छ ।  माओवादी केन्द्रकी नेतृ सिता शाहीको विशेष पहलमा ७५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको  उक्त पार्टीका वडा सचिव शत्रुघन शाहले जानकारी दिए । 

    वन्दना रावल, निज बहादुर खत्री, गिता गुरुङ, सस्मिता परियार, अस्मीता देवकोटा, सुरज धोवी, कल्पना थापा, निर्मला घिमिरे, वविता थापा, धनवहादुर विक, कुमार नेपाली लगायतका स्थानीय कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

    शुक्रवार एक कार्यक्रम विच पार्टीमा प्रवेश गराउंदै माओावदी केन्द्रका नगर अध्यक्ष महेन्द्र भूसालले माओवादी केन्द्र र गठवन्धनको सरकारले मात्र जनताको समस्या वुझेको बताउदै नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिईने प्रतिवद्धता जनाए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology