बुटवल,असोज ३० ।
जनता समाजवादी पार्टी (जसपा) शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
यादव गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार हुनुहुन्थ्याे ।
आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराउनु भएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोदनमा प्रभाव भएका नेता हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)