बुटवल,असाेज २३ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराए । पाँचदलीय गठनबन्धनबाट प्रदेश सभा ३ क मा लोसपाबाट सन्तोष पाण्डे र ३ ख मा नेपाली कांग्रेसबाट रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)