बुटवल,असाेज २३ ।
रुपन्देहीको क्षेत्र नं २ बाट नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले मनोनयन दर्ता गरेका छन्। प्रदेशसभाका लागि रुपन्देही क्षेत्र नं २ क मा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री लिला गिरी र क्षेत्र नं २ ख मा एमाले लुम्विनी प्रदेश कमिटी उपाध्यक्ष एवं पुर्वमन्त्री भोज प्रसाद श्रेष्ठले मनोनयन दर्ता गरेका छन्।
एमाले उपाध्यक्ष पौडेल सहितका तिनैजना उम्मेदवारहरु २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट चुनाव जितेका थिए ।निर्वाचन आयोगले दिएको समयमा ठुलो संख्यामा एमाले कार्यकर्ताहरु सहित पुगेका पौडेल सहितका उम्मेदवारहरुले पौने २ बजे मनोनयन दर्ता गरेका हुन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज देशैभर मनोनयन दर्ता भैरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)