Logo बिहिवार, आश्विन १ गते २०८३
images

भिम रावलको स्थानमा झपट बोहरालाई उम्मेदवार बनाउने एमाले निर्णय

भिम रावलको स्थानमा झपट बोहरालाई उम्मेदवार बनाउने एमाले निर्णय

  • 2.3K
    SHARES

  • भिम रावलको स्थानमा झपट बोहरालाई उम्मेदवार बनाउने एमाले निर्णय

    बुटवल,असोज २१ ।

    नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलको ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको  बताए ।

    २०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवारीसमेत दिएका थिए ।

    यता बोहरा माओवादी केन्द्रबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद थिए। नेकपामा विभाजनसँगै मन्त्री पदबाट राजीनामा दिएर उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका थिए ।

    त्यस्तै अछाम २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि उनले जानकारी दिए । उनले सुदूरपश्चिमका सबै स्थानमा उम्मेदवारको टुंगो लागेको पनि बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology