Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी,पुत्ला दहनसहित प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी,पुत्ला दहनसहित प्रदर्शन

  • 1.7K
    SHARES

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी,पुत्ला दहनसहित प्रदर्शन

    काठमाडौ,असोज १५ ।

    काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

    प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् भने उनीहरुले नारावाजीको क्रममा मेयर शाहको पुत्ला पनि जलाएका छन।

    स्थानीयको प्रदर्शन ‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नारावाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

    महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

    स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका  सुमन सायमी लगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology