Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा थन्किएका विद्युतीय बस भाेलिदेखि सञ्चालनमा आउने

लुम्बिनीमा थन्किएका विद्युतीय बस भाेलिदेखि सञ्चालनमा आउने

  • 3.0K
    SHARES

  • लुम्बिनीमा थन्किएका विद्युतीय बस भाेलिदेखि सञ्चालनमा आउने

     बुटवल,असोज १२ ।

    लुम्बिनीमा थन्किएका  विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क एडीबीले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएका थिए । 

    गृहमन्त्री बालकृष्ण खाणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । 

    निर्देशन लगत्तै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधि कारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी  तथा पर्यटनसँग सम्बन्धित सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालन गर्ने निर्णय गरेको हो । 

    प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँच वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । 

    तत्काललाई बेलहिया, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो । कोषले सबै विद्युतीय बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउने भएको छ ।

    File Electric bus.jpg

    मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा पाँच दिन चार्जिंङ स्टेशन र गाडीको परीक्षण स्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

    १२ करोडका पाँच वटा बस र १४ वटा भ्यान एडिबीले तीन वर्षअघि दिएको थियो । अहिले सबै गाडी कोषमा थन्किएका छन् ।

    लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लान्टबाट ५४ लाख मूल्यको विद्युत्समेत खेर गइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology