Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको तिनाउ किनारमा भाेलि ६ बजे सन्ध्याकालिन आरती हुने 

बुटवलको तिनाउ किनारमा भाेलि ६ बजे सन्ध्याकालिन आरती हुने 

  • 12.1K
    SHARES

  • बुटवलको तिनाउ किनारमा भाेलि ६ बजे सन्ध्याकालिन आरती हुने 

    बुटवल,असोज ९।

    ४३औँ विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा बुटवल गोलपार्क स्थित तिनाउ नदिको किनार दुर्गा मन्दिरमा सन्ध्याकालिन आरती हुने भएको छ ।

    भाेलि (असाेज १० गते) सांझ ६ बजे शंखध्वनीका साथ आरती सुरु हुने र स्तोत्र पाठ सहित सुगन्धित धुप बालेर ३ जना पन्डित द्वारा ४५ मिनेटसम्म आरती पूजा हुने छ ।

    कोरोनाले थला परेको पर्यटन उद्योगलाई कसरी चलायमान बनाउन र सिमावर्ती भारतिय पर्यटकहरुलाई यहाको धार्मिक, साँस्कृतिक ऐतिहासिक शहरको रुपमा स्थापित गर्न सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक  गणेश भट्टराईले नागरिक अनलाइनलाइ बताउनुभयो।

    नजिकैको जितगढी फुलबारी हिलपार्क आउने पर्यटकलाई लक्षित गरि संन्धाकालिन आरती गर्न लागिएको नेपाल एशाेसिएसन अफ टुर एण्ड ट्रावल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।

    बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने उहाँको भनाइ छ ।

    जस्कालागि सम्बन्धित विभिन्न निकायबाट अवलोकनका लागि निमन्त्रणा गरिसकिएको र कार्यक्रमको तयारी पुरा भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology