Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङको शान्तिनगर गाउपालिकामा राष्ट्रिय जनमोर्चाको समिती गठन 

दाङको शान्तिनगर गाउपालिकामा राष्ट्रिय जनमोर्चाको समिती गठन 

  • 4.3K
    SHARES

  • दाङको  शान्तिनगर गाउपालिकामा राष्ट्रिय जनमोर्चाको समिती गठन 

    दाङ,कार्तिक २१-

    दाङको शान्तिनगर गाउपालिकामा राष्ट्रिय जनमोर्चाको समिती गठन भएको छ । गाउपालिकाको चिराघाटमा भेला गरी समिती गठन भएको हो ।

    रमेश अधिकारीको अध्यक्षता र पार्टीका  जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले रमेश अधिकारीकै अध्यक्षतामा तीन स्थान रिक्त सहित १७ सदस्यीय गाउपालिका स्तरीय  समिती गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा कोमल बुढाथोकी सचिब शिव कुमार देबकोटा सह सचीव ललिता बि क कोषाध्यक्ष तुलसी थापा सदस्यहरुमा सुमन थापा, उमेश बि क , यामबहादुर खडका, हिमाल बिक, कृष्ण भुसाल, भानुभक्त बिक, सुनिता बिक, महेश घर्ती, मेघबहादुर गन्धर्व रहनु भएको छ ।

    भेलामा अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय सदस्य ससिराम बुढाथोकी , घोराही नगर उपाध्यक्ष सुमन घर्ती, सान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटा लगायत ले मन्तव्य राख्नु भएको थियोे ।

    निर्बाचित नया समितिलाइ जिल्ला अध्यक्ष गणेश आचार्य र सुदिप कडेल ले  मन्तव्य द्वारा बधाइ दिनु भएको थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology