Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीलाई महिला संघ रुपन्देहीद्वारा बुटवलमा सम्मान

कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीलाई महिला संघ रुपन्देहीद्वारा बुटवलमा सम्मान

  • 2.6K
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीलाई महिला संघ रुपन्देहीद्वारा बुटवलमा सम्मान

    बुटवल,भदाै २६ ।

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य गंगा शाहीलाइ नेपाल महिला संघ रुपन्देहीले आज एक कार्यकमका बिच बुटवलमा सम्मान गरेको छ ।

    शाहीलाइ नेपाली काँग्रेस रुपन्देहीका सभापती तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापती तथा नगरप्रमुख खेलराज पाण्डे,महिला नेताहरु बालकुमारी भण्डारी,सावित्रा टण्डन,लक्ष्मी जोशी लगायतले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य गंगा शाहीले देशको जनसंख्याको आधा हिस्सा ओगटेको महिला बर्गको उथ्थान र विकास नभएसम्म मुलुकको विकास सम्भव नभएको बताइन । आर्थिक,समाजिक र राजनीतिक रुपमा महिला शसक्तिकरण गर्दै राज्य र राजनीतिक दलका निर्णायक तहमा महिलालाइ पुर्याउन सके त्यसले राष्ट्रको हित र समृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताइन ।

    नेपाली काँग्रेस रुपन्देहीका सभापती तथा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले नेपाली काँग्रेसले पार्टीका हरेक तहलाइ समावेसी र लैगिंकमैत्री बनाउँदै राष्ट्र निर्माणको यात्रामा महिलाहरुलाइ संगसंगै लिएर हिडेको बताए । सहमती सहकार्य र एकताबाटै मुलुकको विकास सम्भव भएको भन्दै उनले नेपाली काँग्रेसले जितेका स्थानीय तहरुलाइ भ्रष्टाचारमुक्त बनाउँदै विकासको मोडल प्रस्तुत गर्ने दावी गरे ।

    नेपाली काँग्रेस बुटवल उपमहानगर समिति सभापती तथा नगरप्रमुख खेलराज पाण्डेले परिवार,समाज र राष्ट्रको विकासमा महिला पुरुष दुवैको सहकार्य आवयक रहेको बताए । स्थानीय निर्वाचन सम्पन्न भएको छोटो समयमै बुटवलमा जनजीवीका संग जोडीएका महत्वपूर्ण एजेण्डामा जनप्रतिनिधिहरुले काम गरीरहेको बताए ।

    सिमित साधन श्रोतका बाबजुद भौतिक तथा मानवीय विकासकालागि महत्वपूर्ण योजनाहरु ल्याएको उल्लेख गर्दै उनले राजनीतिको मुलधारमा महिला सहभागीता बढाउन शसक्तिकरणलाइ जोड दिइएको बताए ।

    क्षेत्र नं २ का कार्यबाहक क्षेत्रीय सभापती परशुराम ढकालले काँग्रेस बालियो भए राष्ट्र बलियो हुने भएकाले एक ढिक्का भएर आगामी निर्वाचनमा जुट्नु पर्नेमा जोड दिए ।

    s.jpg

    महिला संघका जिल्ला सदस्य लक्ष्मी जोशीको संयोजकत्व,महासमिति सदस्य जमुना ढकालको स्वागत र बुटवल नगर सचिव गंगा पन्थीको संचालनमा भएको कार्यक्रममा काँग्रेस जिल्ला सदस्यहरु राधा ज्ञवाली,सुष्मा हमाल, सिता पोख्रेल, प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसाल,पुर्व महाधिवेशन प्रतिनिधि विना गुरुङ, क्षेत्रीय प्रतिनिधि पुनम रजाली, गोमा ज्ञवाली लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology