Logo आइतवार, कार्तिक २२ गते २०८३
images
images

एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश,छात्रबृत्ति बितरण तथा सम्मान

एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश,छात्रबृत्ति बितरण तथा सम्मान

  • 2.1K
    SHARES

  • एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश,छात्रबृत्ति बितरण तथा सम्मान

    बुटवल,भदाै २१ ।

    तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको ब्यवसायिक प्रतिष्ठान एआई पौडेल ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको छ । ११ वर्ष पुगेको अवसरमा प्रतिष्ठानले टेक्निसियन एवं डिलर भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    ट्रेडर्स ११ वर्षमा प्रवेश गरेको अवसर पारेर प्रतिष्ठानले विद्यार्थी छात्रवृत्ति, ग्राहक सम्मान, डिलर भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो । शनिबार एक कार्यक्रमका बिच जनजागृति माबि कक्षा ४ का अध्ययरत तुल्सा राना, विबेक नेपाली र कक्षा ८ का वर्षा क्षेत्रीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको छ भने वर्षभरि उत्कृष्ट ग्राहक नारायण भण्डारी एण्ड टिमलाइ सम्मान गरेको छ ।

    ट्रेडर्सका संचालक अर्जुन प्रसाद पौडेलले ब्यवसायिक कार्यसंगै सामाजिक उत्तरदायित्वमा आफू निरन्तर सात वर्षदेखि गर्दै आएको बताए । यो वर्ष बेष्ट टेक्निसियन अफ इयरबाट ३ जनालाई सम्मान गरिएको उनले बताए । यसबाहेक प्रत्येक वर्ष गरिब, जेहेन्दारहरुलाई छात्रवृत्ति प्रदान, रक्तदान कार्यक्रम, उपभोक्ता पुरस्कृत जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको उनले बताए ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं २ का वडा अध्यक्ष डिल बहादुर भट्टराईले समाज रुपान्तरण र विकासमा ब्यवसायिक संघसंस्थाहरुको योगदान रहेको बताए ।

    प्रतिष्ठानबाट रुपन्देहीको पत्रकारीतामा लामोसमयदेखि सामाजिक विषयबस्तुमा कलम चलाउदै आएका  पत्रकार कपिल ज्ञवाली र विश्वास ढकाल र स्वस्तिक श्रेष्ठलाई  नगदसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले परिवारका रुपमा एकतावद्घ भई ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा अग्रसर हुन सहयोग सिद्घ हुने बताए ।

    ट्रेडर्सले मार्बल टेक्नो प्लाष्ट, पंचकन्या ग्रुप, एभरेष्ट बाथ फिटिङ, बेन्चकार्ड लगायत ब्यवसायिक सामग्री बिक्रिबितिरण गर्दै आएको छ । जसमा एक सय बढि टेक्निसियन, डिलरहरु आवद्ध छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology