बुटवल,भदौ १५ ।
नेपाली कांग्रेसले रुपन्देही–५ प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट फखरुद्दिन खानलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ । खान नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हुन् ।
क्षेत्रीय समितिको वैठकले खानलाई सर्वसम्मत सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ वसिउल्लाह मुसलमान, मोहम्मद शहीद खान, शेषमान यादव, वीरेन्द्र त्रिपाठी र सूर्यमणि उपाध्याय गरी ५ जना सिफारिस भएका छन् ।
प्रदेश सभा क्षेत्रीय समितिले गरेको सिफारिस माथिल्लो समितिले बदर गर्न नमिल्ने र सुझाव मात्रै दिन सक्ने कांग्रेसको विधानमा व्यवस्था भएकाले सिफारिस भएका नामहरु नै अन्तिम हुने छ ।
अरु प्रदेश सभा क्षेत्रले बिहीबारसम्म प्रदेश सभाको उम्मेदवार सिफारिस गरिसक्ने नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले बताए ।
जिल्लाका ५ प्रतिनिधि सभा र १० वटा प्रदेश सभा क्षेत्र छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)