बुटवल,भदाै ११ ।
तिलोत्तमा नगरपालिकाकाले नगरका सरसफाइकर्मीसंग तीज मिलन गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले सरसफाइ कर्मचारीहरुलाई मायाको चिनो समेत दिए भने उनीहरूसंगै नाचगाँन समेत गरे । अरु दिन आफ्नै कर्ममा खटिएका कर्मचारी हरु नगर प्रमुखसंग दर खान र नाच्न पाउदा खुसी देखिए ।
खाणले नागरिकले प्रष्ट देख्ने सरसफाइ जस्तो अभियानमा लाग्नु भएका सम्पुर्ण कर्मचारीप्रति सम्मान गरेर हौसला थपे ।
उनले भने- ‘म पनि श्रम गर्न नगर प्रमुख भएको हुँ’ तपाईहरुको साथ र सहयोग विना नगर विकासको सम्भव छैन तसर्थ हातेमालो गरेर परिश्रम गरौ अबस्य हाम्रो नगरलाई सफा हराभरा सुन्दरता दिन सकिन्छ।
उनले काम गर्नको लागि आफु सदैव प्रतिबद्ध रहेको प्रमुख खाणले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)