बुटवल,भदाै १०।
लुम्बिनी स्पाईनलक्लवको आयोजनामा पश्चिम नेपालमा पहिलो पटक स्पाईनल ईन्जुरी सम्बन्धी काम गर्ने स्वाथ्यकर्मीहरुको भेला रुपन्देहीमा भएको छ ।
लुम्बिनी स्पार्यन कोर्ष २०७९ नाम दिइएको कार्यक्रममा स्पाईनल कर्ड ईन्जुरी सम्बन्धी काम गर्ने चिकित्क, पारमेडिक्स, आर्थपेडीक्स सहित स्वाथ्यकर्मीहरुको सहभागीता रहेको थियो । लुम्बिनी स्पाईन क्लवका अध्यक्ष समेत रहेका बिशेषज्ञ चिकित्सक योगेन्द्र अग्रहरीका अनुसार यो क्षेत्रको सबैभन्दा ठुलो र विशिष्टीकृत अस्पतालको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा समेत यसको उपचार गर्ने युनिट राखिएको छैन । यसको लागि दबाब दिनका लागि भए पनि संवाद आयोजना गरिएको उनले जानकारी दिए ।
स्पाईनल कर्ड ईन्जुरीको विषयमा धेरैलाई ज्ञान नहुँदा उपचारका लागि ढिलाई गरिदा र उपचार पश्चात निको हुने विषयलाई समेत अज्ञनता भएको कारण यसलाई हटाउनको लागि भेला आयोजनागरिएको डा. अग्रहरीले जनाकारी दिए ।
६ वटा विधामा गरिएको प्यानल डिस्कसनमा एशोसीयसन अफ स्पाईनल का केन्द्रीय अध्यक्ष डा. विमल कुमार पाण्डे, महासचिव डा. व्यापक पौडेल लगायतले सहजीकरण गरेका थिए ।
बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट चिकित्सकहरुको सहभागीता रहेको थियो ।यस्तै चिकित्सकहरुको भेलाबाट लुम्बिनी स्पाईन क्लव गठन गरिएको छ । डा. योगेन्द्र कुमार आग्रहरी (बोन म्यान)को अध्यक्षमा गठन गरिएको समितिको सचिवमा डा. युधिष्ठर राज खड्का चयन भएका छन् । अन्य ७ सदस्यीय समिति पछि मनोनियन गरिने अध्यक्ष डा. अग्रहरीले जानकारी दिए ।
भेलाले सेम्टेम्बर महिनाको ५ तारिकको दिन लाई स्पाईनल डे को रुपमा मनाउने समेत निर्णण गरेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)