Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

यी हुन् प्रेस सेन्टर बागलुङले गरेका निर्णय

यी हुन् प्रेस सेन्टर बागलुङले गरेका निर्णय

  • 1.5K
    SHARES

  • यी हुन् प्रेस सेन्टर बागलुङले गरेका निर्णय

    कौरव खत्री /बागलुङ २ भदौ ।

    प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने भएको छ । सेन्टरले जिल्लामा शाखा स्थापना भएपछि हालसम्म गरेका प्रगति विवरणहरु समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । 

    सेन्टरको बुधबार बागलुङमा सम्पन्न बैठकले संगठनको कार्य सम्पादन सहज र व्यवस्थित बनाउन सदरमुकाम बागलुङ बजारमा सेन्टरको शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए । 

    त्यस्तै संगठनको गत वर्ष कात्तिकमा सम्पन्न ५ औं जिल्ला सम्मेलनमा घोषणा भएको १र१ लाख अक्षयकोषको पुरस्कार रकमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र संगठनको आगामी साधारण सभा वा स्थापना दिवसमा जिल्लामा कृयाशिल २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिए । 

    उनले पत्रकारिताको विकास र स्तरवृद्वि गर्ने उद्येश्यले जिल्ला स्थित पालिकाहरु सँगको समन्वयमा छिट्टै पत्रकारिता तालिम सञ्चालन गरिने बताए । त्यस्तै सेन्टरमा आवद्व पत्रकारहरुलाई प्रशिक्षण, गोष्ठी सञ्चालन गर्ने तयारी गरिएको उल्लेख गरे । 

    सो अवसरमा प्रेस सेन्टर नेपाल बागलुङको विभिन्न जिम्मेवारीमा रहेका राजु खडका बागलुङ नगरपालिकाको नगर उप्रमुख, राज बहादुर थापा गलकोट नगरपालिका वडा नं ७ को वडा अध्यक्ष, कृष्ण सापकोटा बागलुङ नगरपालिका वडा नं ६ को वडा सदस्य र गंगा चोखाल गलकोट नगरपालिका वडा नं ६ को वडा सदस्यमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित भएकोमा संगठनले बधाई ज्ञापन गरेको छ । 

    सेन्टरले ूपूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी, जनपक्षीय र व्यवसायिक पत्रकारको हक हित र अधिकारको निमित्त काम गर्दै आईरहेको छ । संगठन सामाजिक उत्तरदायित्व सहित बागलुङमा कृयाशिल रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology