Logo बुधवार, कार्तिक १२ गते २०८३
images

गठबन्धन दलमा सिट  बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन

गठबन्धन दलमा सिट  बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन

  • 1.2K
    SHARES

  • गठबन्धन दलमा सिट  बाँडफाँट कार्यदलको संयोजकमा सिटौला चयन

    बुटवल,साउन २३ ।

    सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट  बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् ।

    सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । 
     
    कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३०  निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।  प्रतिनिधिसभामा  काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।​

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology