Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेको आराेप : ६-६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा गर्व गर्न लायक कामै भएनन्

रवि लामिछानेको आराेप : ६-६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा गर्व गर्न लायक कामै भएनन्

  • 2.4K
    SHARES

  • रवि लामिछानेको आराेप : ६-६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा गर्व गर्न लायक कामै भएनन्

    बुटवल,साउन २१ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६-६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्न नागरिकलाई आग्रह गरेका छन् । उनले मुलुकमा ६-६ जना प्रधानमन्त्री हुँदा पनि कुनै पनि गर्व गर्न लायक काम नभएको आरोप लगाए।

    राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए ।

    लामिछानले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताउनु भयो । नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए।

    यसपाली चुनावका दिन एकादशी र आइतबार रविबार परेको प्रसंग उल्लेख गर्दै उनले मासुभातले समेत काम नगर्ने बताए ।  २४सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने लामिक्षानेले वाचा गरे ।

    उनले भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए । लामिछानले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए ।

    उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने उल्लेख गरे।  भेलाले प्रदेश र जिल्ला नेतृत्व चयन गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology