Logo बुधवार, कार्तिक १२ गते २०८३
images

 प्रेस सेन्टर नेपालले केन्द्रीय समिति ६१ सदस्यीय

 प्रेस सेन्टर नेपालले केन्द्रीय समिति ६१ सदस्यीय

  • 1.5K
    SHARES

  •  प्रेस सेन्टर नेपालले केन्द्रीय समिति ६१ सदस्यीय

    बुटवल,साउन १५ ।

    प्रेस सेन्टर नेपालले केन्द्रीय समितिमा ६१ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन गरेको छ। सेन्टरको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको छ।

    मङ्सिर १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई सर्वसम्मतिमा चयन गरी पदाधिकारी बाँकी राखेको थियो।

    सेन्टरको वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन हुनुभएको छ । समावेशी उपाध्यक्षमा उपेश महर्जन र सुरेश यादवसहित प्रदेशअनुसार २० जना उपाध्यक्ष चयन हुनुभएको छ। 

    महासचिवमा सन्तोष पौडेल चयन हुनुभएको छ। छ जना खुला र चार जना समावेशीसहित १० जना उपमहासचिव चयन हुनुभएको छ। समावेशी जनजातितर्फबाट राजेश चाम्लिङ उपमहासचिव चयन हुनुभएको छ । यस्तै, १५ जना खुला सचिव चयन हुनुभएको छ भने १२ जना समावेशीतर्फबाट सचिव हुनुभएको छ। 

    आदिवासी जनजाति, दलित, महिला, मधेसी समुदायबाट दुई–दुई जना सचिव रहने विधानमा व्यवस्था छ। अल्पसङ्ख्यक सचिवमा सिराज खान चयनु हुनुभएको छ ।

    यस्तै, अपाङ्गता, अति विकट कर्णाली र अति विकट सुदूरपश्चिमबाट एक–एक जना सचिव रहने व्यवस्था विधानमा छ। त्यस्तै, कोषाध्यक्षमा डिल्ली महत र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन हुनुभएको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology