Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरले घटायो करका दर,चुनावी बाचा कार्यान्वयनमा

बुटवल उपमहानगरले घटायो करका दर,चुनावी बाचा कार्यान्वयनमा

  • 8.0K
    SHARES

  • बुटवल उपमहानगरले घटायो करका दर,चुनावी बाचा कार्यान्वयनमा

    बुटवल, साउन ११ ।

    बुटवल उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९–८० देखि करको दर घटाएको छ ।स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घरबहाल, इ–रिक्सा, हाटबजार बैठकी कर लगायतमा करको दर घटेको हो । 

    सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपियाँ घरबहाल लिनेले १ हजार रुपियाँ घरबहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपियाँ तिरे पुग्नेछ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार १ सय रुपियाँदेखि ४९ हजार ५ सय रुपियाँसम्म कायम गरिएको छ ।

    song.jpg

    पाँच लाख रुपियाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय रुपियाँ र पाँच करोडदेखि माथि भएमा प्रतिहजार दुई रुपियाँका दरले सम्पत्ति कर तिनुपर्ने हुन्छ । यस्तै, इ–रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरण बापत् ५ सयका दरले एक हजार रुपियाँ तिर्दै आएकोमा चालु आवदेखि तीन सयका दरले ६ सय रुपियाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले नागरिक अनलाइनलाइ बताउनुभयो । 

    उहाँका अनुसार चालु आर्थिक वर्षको मंसिरदेखि लागू हुनेगरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ । यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत १३० रुपियाँ तिर्दै आएकोमा मंसिरदेखि १ सय १५ रुपियाँ र १ सय रुपियाँ तिर्ने तरकारी पसलले ९० रुपियाँ तिरे पुग्नेछ । 

    यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ । यस्तै, नागरिकता, अपाङ्गता, जेष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरेको ज्ञवालीले जानकारी दिनुभयो । 

    बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपियाँ राजस्व सङ्कलन लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology