Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘कल सेन्टर’मा गैरकानुनी धन्दा : २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा !

‘कल सेन्टर’मा गैरकानुनी धन्दा : २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा !

  • 10.2K
    SHARES

  • ‘कल सेन्टर’मा गैरकानुनी धन्दा : २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा !

    बुटवल,साउन ८ ।

    सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ को एक ‘कल सेन्टर’मा प्रहरीले छापा मारेको छ  । 

    जानकीनगरको चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो। प्रहरीले २१५ भन्दा बढी युवा-युवती नियन्त्रणमा लिएको दाबी गरेको छ।

    ‘कल सेन्टर’मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    भारतीय र चिनीया नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

    कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ। अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। त्यसपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ।

    call a.jpg

    3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology