Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

बैज्ञानिक वन व्यवस्थापन रोक्न हुन्न : मन्त्री हमाल

बैज्ञानिक वन व्यवस्थापन रोक्न हुन्न : मन्त्री हमाल

  • 1.5K
    SHARES

  • बैज्ञानिक वन व्यवस्थापन रोक्न हुन्न : मन्त्री हमाल

    बुटवल,साउन ७ ।

    लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले बैज्ञानिक वनले मात्र लुम्विनी प्रदेशलाई समृद्धि बनाउन सकिने बताउनु भएको छ । उहाले बैज्ञानिक वन व्यवस्थापनले मात्र देशलाई समृद्धि तर्फ अगाडि सकिने बताउदै बैज्ञानिक वन व्यवस्थापन कसैले रोक्न नहुनेमा जोड दिनु भयो ।

    मन्त्री हमालले वन प्रदेशको एकल सूचीमा रहेका कारण प्रदेशले बनाएको वन ऐन लागु हुनु पर्नेमा जोड दिनु भयो । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको देवदहमा भएको प्रथम बार्षिक साधारण भसा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री हमालले उक्त कुरा बताउनु भएको हो ।

    मन्त्री हमालले वातावरण संरक्षणमा वनले महत्वपूर्ण भूमिका निभाएको बताउदै शुसासनलाई बढि महत्वदिनु पर्नेमा जोड दिनु भयो । उहाले वनको विकास, संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार सदैव साथ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

    उहाले विज्ञानमा आधारित वन व्यवस्थापन गर्नु आजको आवश्यकता रहेकोमा जोड दिनु भयो । उहाले सवैको साथ र सहयोगले मात्र वनको संरक्षण, सम्वद्र्धन गर्न सकिने बताउनु भयो ।

    बैज्ञानीक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष रेणु सेनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश वन निर्देशनालय प्रमुख जीवन पंगेनी, लुम्विनी प्रदेश वन व्यवस्थापन महाशाखा प्रमुख नारयाणदेव भट्टराई, डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेवदी, प्रजातान्त्रिक वन प्राविधिक संघका दामोदर शर्मा, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्र्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा अध्यक्ष सेनले प्रगति प्रतिवेदन, महासचिव मधुविलास अधिकारीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष खेमनारायण अधिकारीको स्वागत र सचिव डिल्लीराज रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology