Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपमेयरले ठाेकिन् ताला

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपमेयरले ठाेकिन् ताला

  • 4.7K
    SHARES

  • तिलोत्तमाका  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपमेयरले ठाेकिन् ताला

     बुटवल,साउन १।

    तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।

    तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेसतर्फ पक्षधरता देखाएकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् । 

    ‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’, उपप्रमुख जागेश्वरीदेवी चौधरीले भनिन्,अब उनी स्वीकार्य छैनन् ।’

    डिएसपीले वडाध्यक्षलाई स्विमिङ पुलमा धकेलेपछि...

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाको १२ओैं अधिवेशनको चौथो बैठकमा धकेलाधकेल हुँदा एक जना वडाध्यक्षलाई प्रहरीले स्विमिङ पुलमा चोवलेको छ।

    तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले हुत्याएर स्वीमिङ पुलमा पछारेका छन् ।tilottama.jpg

    डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई स्विमिङ पुलमा धकेलेर पछारेको भिडियो अहिले ब्यापक चर्चाको विषय भएको छ। आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर स्विमिङ पुलभित्र पछारेको एमालेका जनप्रतिनिधिहरुले आरोप लगाएका छन्।

    मणिग्राम पार्टी प्यालेसमा आयोजित नगरसभामा राखिएको थियो।

    यसैविचमा विवाद वढ्दै जाँदा डिएसीले वडाध्यक्षलाई पानीमा फालेपछि स्थिती अझै अनियन्त्रित भएको थियो। नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology