Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाका ३७ नेताहरुको माग : ‘मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर’

नेकपाका ३७ नेताहरुको माग : ‘मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर’

  • 2.2K
    SHARES

  • नेकपाका ३७ नेताहरुको  माग : ‘मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर’

    बुटवल,कार्तिक १४ -

    नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरुले नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्न लाई कारबाही गर्न माग गरेका छन् ।

    पर्साको विन्दवासिनी गाउँपालिका वडा नं। ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा चौरसियामाथि कुटपिट भएको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।

    बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।


    नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको जाहेरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको जिकीर गरेका छन् ।

    प्रहरीले पीडतको जाहेरी दर्ता नै गर्न नमानेको नेकपाका नेताहरु बताउँछन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाइएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमुक व्यक्तिको नाम राख र अमूक व्यक्तिको हटाऊ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ । यस्तो कार्य गर्नु भनेको प्रहरी संगठनको बेदनामी गर्नु नै हो ।’

    उनीहरुले यो घटनालाई सुनियोजित भनेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा से कडा कारबाही गरिनुपर्दछ ।’

    चौरसियाको मृत्युपछि पर्सामा नेकपा कार्यकर्ताहरूले दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन् ।नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले  पनि विज्ञप्ति जारी गरेर सरकारसँग दोषीमाथि कारवाहीको  माग गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology