Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा दानपेटिका खोलियो : दान रकम गन्न सिसिटिभी क्यामेरा जडान

लुम्बिनीमा दानपेटिका खोलियो : दान रकम गन्न सिसिटिभी क्यामेरा जडान

  • 2.3K
    SHARES

  • लुम्बिनीमा दानपेटिका खोलियो : दान रकम गन्न सिसिटिभी क्यामेरा जडान

    बुटवल,असार २० ।

    बुद्ध जन्मस्थल लुम्बिनीका दानपेटिकाको रकम गन्न शुरु गरिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको होछ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । यसलाइ गनेर सक्न ४ दिन लाग्ने छ ।

    दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभि क्यामेरा जडान गरि दान रकम गणना शुरु गरिएको हो ।
    लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले पवित्र ह«दयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरि दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) जानकारी दिनुभयो ।

    उहाले आफूले कोषाध्यक्ष पद सम्मालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताउनुभयो । चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने र अहिले एउटामात्रै खोलिएको कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

    विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताउनुभयो  । दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला हुनेछ ।

    कोषाध्यक्ष भट्टराईका अनुसार यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५÷१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको उहाको भनाइ छ ।

    अघिल्लो पटक दानपेटिकामा ३७ लाख :

    अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।

    आन्तरीक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोरोना भाइरस (कोभिड)पछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन बृद्धि भएको कोषले जनाएको छ । 

    दान रकम गन्न राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थिती थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology