Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेले घाेषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी,५१ प्रतिशत युवा रहने

रवि लामिछानेले घाेषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी,५१ प्रतिशत युवा रहने

  • 2.9K
    SHARES

  • रवि लामिछानेले घाेषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी,५१ प्रतिशत युवा रहने

    बुटवल, असार ७  ।

    सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी  घोषणा गरेका हुन् । ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने ।

    योबीचमा आफूले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको उनले बताए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली रहने उनले घोषणा गरे ।

    डिजिटल डेमाेक्रेशीलाइ प्राेत्साहन गरिने,५१ प्रतिशत युवाहरुनै रहने पार्टीमा संरचना बनाइएको छ । लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’

    उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्‍याउनुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology