Logo बुधवार, कार्तिक १२ गते २०८३
images

जिसस रुपन्देहीमा गठबन्धन बिजयी, प्रमुख बने काँग्रेसका उमाकान्त

जिसस रुपन्देहीमा गठबन्धन बिजयी, प्रमुख बने काँग्रेसका उमाकान्त

  • 1.4K
    SHARES

  • जिसस रुपन्देहीमा गठबन्धन बिजयी, प्रमुख बने काँग्रेसका उमाकान्त

    बुटवल,असार ४ ।

    जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चापागाई निर्वाचित भएका छन्। आज  भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी लोसपाको गठबन्धन नै विजयी भएको हो।

    नेपाली काँग्रेसका चपाईले २० मत ल्याइ समन्वय समिति प्रमुखमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर घर्तीले १२ मत ल्याए। जिसस उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का रामकृपाल धोबीले १६ मत ल्याइ विजयी भए। एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन। एक मत बदर भएको थियो।

    महिला सदस्यमा काँग्रेसकी बिष्णुमाया सुवेदी जयसवालले १८ मतसहित विजयी भइन्। दलित तथा अल्पसंख्यकबाट काँग्रेसकै राजमनप्रसाद हरिजनले २० मत, सदस्यमा काँग्रेसबाटै अब्दुल मोकिम मुसलमानले २० मत, ऋषिराम बस्यालले १९, लोसपाका मुकेशकुमार पाण्डेले १८, नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ ल्याइ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए।

    १६ वटा पालिका रहेको रुपन्देहीमा प्रमुख र उपप्रमुखको गरी ३२ मत थियो। नवनिर्वाचित जिसस प्रमुख चपाईले जनतालाई साथमा लिएर आफ्नो दायित्व जम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology