बुटवल,जेठ २४ ।
लुम्बिनी प्रदेश सरकारकोे नीति तथा कार्यक्रम भोलिका लागि सारिएको छ । यसअघि सोमबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक सारिएको छ ।
आइतबार प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेर बैठक बुधबारका लागि सरेको जानकारी गराएको थियो ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले आइतबार जारी गरेको सुचनामा आगामी २५ गते बुधबार बस्ने बैठकमा प्रदेशसभा सदस्यलाई उपस्थिति हुनको लागि आग्रह गरिएको छ ।
प्रदेश सरकारका एक मन्त्रीका अनुसार सरकारले चालु प्रदेशसभा बैठकमै नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद दीपेश थारुले पदबाट राजिनामा गरेर बर्दियाको राजापुर नगरपालिकाको प्रमुख निर्वाचित भएपछि फेरि प्रदेश सरकारमा अंक गणितीय खेल सुरु भएको चर्चा छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)