Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरको कार्यपालिकामा ८ जना सदस्य गठबन्धनबाटै निर्वाचित

बुटवल उपमहानगरको कार्यपालिकामा ८ जना सदस्य गठबन्धनबाटै निर्वाचित

  • 3.5K
    SHARES

  • बुटवल उपमहानगरको कार्यपालिकामा ८ जना सदस्य गठबन्धनबाटै निर्वाचित

    बुटवल,जेठ १९।

    बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा ८ जना गणबन्धनबाट निर्वाचित भएका हुन् ।

    कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडा अध्यक्ष तथा  वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा कांग्रेसबाट  निलम गौतम ,बसन्ति बिक,राधादेवी पौडेल,रिना भुसाल,हेमा थामी ६८ मत पाएर बिजयी भए त्यस्तैगरि,जसपाबाट सुनिता खड्लुक ६८ मत,समाजबादीबाट यमबहादुर सुनार ६७ मत, र राजमोबाट कृष्णबहादुर सुनार ६६ मतसहित बिजयी भएका हुन् ।

    एमालेका सबै उम्मेदवार पराजित भए उनीहरूले जम्मा २८ देखि २९ को बिचमा मत पाएको निर्वाचन अधिकृत लेखनाथ पाैडेलले बताए । 

    butwal nagarpalika karyapalika.jpg

    BUNAPA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology